१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला, हत्या आरोपमा छोरा पक्राउ

८ भदाै, काठमाडौँ । धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललियामा ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र २१ वर्षीया अमिरकादेवी मण्डलको शव फेला परेको प्रहरीले जनाएको छ।

उनिहरूकाे हत्या आरोपमा मृतक मण्डलका छोरा भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ। सामान्य विवाद हुँदा गए राति ससुरा र बुहारी मारेर खाल्डोमा गाडेको भागेश्वरले स्वीकार गरेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।

‘लामो समयदेखि बुवा र श्रीमतीबीच अनैतिक सम्बन्ध थियो। त्यसै कारणले घरमा विवाद हुँदै आएको भन्ने छोराले बयान दिएका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार ११:०६