७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गर्दै

८ भदौ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दै छ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँगको खेलका लागि नेपाली टिम मंगलबार विहान ओमान जान लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिम बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने जनाएको छ । ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ । बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।

नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । खेल तालिका सार्वजनिक भएको छैन ।

सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ ।

नेपाली टिम:

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ, रोहित कुमार ।

प्रकाशित मिति : August 24, 2021 at 9:49 am