२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

विभाजनमा लाग्न सकिदैन, एमालेमा फर्किनेलाई अन्याय हुन दिदैनाैँः सचिव भट्टराई

७ भदाै, काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी विभाजनको पक्षमा कोही पनि नजान .आग्रह गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार भएको छलफलपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै भट्टराईले पार्टीमा फर्किएमा कसैमाथि अन्याय नहुने बताए।

उत्तेजनामा नआइकन पार्टी एकताको प्रक्रियामा सहभागी हुन उनले आग्रह गरे । पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किने बताउँदै उनले भने, ‘त्यो कसरी हुन्छ भन्ने कुरा भोलिको बैठकबाट टुंग्याउँछौं।’

उनले १० बुँदे सहमतिको कार्यान्वयकाे सम्बन्धमा मंगलबारको बैठकले योजना तयार पार्ने समेत बताए । उनले मंगलबारको बैठकले नयाँ पार्टी गठनको प्रक्रियामा अघि बढेका नेताहरुलाई फिर्ता आउनको लागि आह्वान गर्ने समेत जानकारी गराए ।

नेता माधवकुमार नेपाललाई पार्टीभित्र संघर्ष गर्ने कुरामा आफूहरुले साथ दिए पनि पार्टी विभाजनको प्रक्रियामा भने साथ दिन नसकिने भनेर पहिल्यै स्पष्ट पारिसकेको समेत उनले बताए ।

प्रकाशित मिति : August 23, 2021 at 3:00 pm