२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

माओवादी केन्द्रले अरू कम्युनिष्ट पार्टीसँग एकताका लागि पहल गर्ने

६ भदाै, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरण गर्ने भएकाे छ । शनिबार र आइतबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टीलाई व्यवस्थित गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

बैठकले क्रान्तिकारी धाराका सबैलाई एकै केन्द्रमा ल्याउने गरी पहल गर्ने निर्णय गरेकाे नेता नारायणकाजी जानकारी दिए । बैठकले पार्टीका विभागहरूमा प्रमुख तोक्ने काम पनि गरेको छ भने केही ठाउँमा ईञ्चार्ज पनि तोकिएका छन्।

यस्तै बैठकले राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने निर्णय निर्णय गरेकाे समेत नेता श्रेष्ठले जानकारी दिए । यस्तै पार्टी निर्वाचन समितिले निर्वाचन नियमावली र निर्देशिका तयार पार्ने काम गरेको र उक्त निर्देशिका पार्टीका तल्ला कमिटीमा पठाइने पनि नेता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : August 22, 2021 at 6:13 pm