१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

नेकपा एमालेसँग एक्लै लड्ने हिम्मत कसैसँग छैनः खीमलाल भट्टराई

६ भदौ, बुटवल। एमाले नेता खिमलाल भट्टराईले केपी शर्मा ओली र नेकपा एमालेसँग लड्ने आँट कसैसँग नभएको बताएका छन् । रुपन्देहीको गैडहवा गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै नेता भट्टराईले कसैसँग पनि नेकपा एमालेसँग एक्लै फाइट गर्ने आँट नभएकाे  बताए ।

भट्टराईले भने, ‘कसैले नेकपा एमालेसँग एक्लै फाइट गर्ने आँट गर्दैन, आज नेकपा एमाले एउटासँग फाइट गर्न, केपी ओलीसँग फाइट गर्न सबै मिल्नुभएको छ,’ केही दिन अघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यो कुरा स्वीकार गर्नुभएको छ । उनले भने, ‘एक्ला एक्लै फाइट गर्न आउने दम राख्नुस्, नेकपा एमाले च्यालेन्ज गर्छ ।’

भट्टराईले आगामी चुनावमा एमालेलाई हराएर देखाउन पनि चुनौती दिएका छन्  । ‘म चुनौती दिन चाहान्छु, अब सबै मिलेर आउनुस, केही छैन, अब जनताले जित्छ, एमालेले जित्छ।’ एमाले नै नेपालको सर्वाधिक शक्तिशाली पार्टी रहेको भन्दै उनले पार्टीबाट केही व्यक्ति बाहिरिँदैमा केही फरक नपर्ने बताए ।

प्रकाशित मिति : August 22, 2021 at 3:04 pm