३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

पार्टी विभाजनमा तटस्थ बसेका एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूबीच छलफल जारी

४ भदाै, काठमाडाैँ । नेकपा एमालेको कुनै पक्षतिर नलागेका स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरूबीच छलफल सुरू भएकाे छ । पार्टी एकताको विषयमा छलफलका लागि महाराजगञ्जस्थित एक पार्टी प्यालेसमा एमालेका तटस्थ नेताहरू भेला भएका हुन् ।

नेता गोकर्ण विष्टले बैठकबाट १० बुँदेको अक्षरशः पालना गराउन र फागुन २८ यता भएका सबै निर्णय खारेज गराउन अपील हुने जानकारी दिए । उनीहरुले बिहीबार राती संयुक्त विज्ञप्ति जारी गर्दै सरकारद्वारा हालै जारी गरिएको दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारवाही रद्द गर्नुपर्ने माग अघि सारेका छन् । विज्ञप्तिमा पार्टीलाई विभाजित र तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह पनि गरिएको छ ।

प्रकाशित मिति : 14:23