नेपालको पहिलो महिला मुख्यमन्त्री शाक्यले लिइन सपथ
२ भदाै, काठमाडाैँ । नेपालको पहिलो महिला मुख्यमन्त्री एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बुधबार राति पद तथा गोपनियताको सपथ लिएकी छिन । उनी बुधबार साँझ वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् ।
संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उक्त धारामा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने’ उल्लेख छ ।
प्रकाशित मिति : 21:46









