३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

माओवादी र कांग्रेसको बुइ चढेर मुख्यमन्त्री हुने राजेन्द्र पाण्डेको सपना चकनाचुर

२ भदौ, हेटौँडा । राजेन्द्र पाण्डे बाहेक नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलका सबै सदस्य एमालेमा रहने भएका छन । बुधबार दलको नेताबाट डोरमणि पौडेलले राजीनामा दिएसँगै बागमती प्रदेशमा एमाले एक ढिका बनेको छ ।  पौडेलले राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्य दलको नेतामा निर्वाचित भएकी छिन । राजेन्द्र पाण्डे भने माओवादी र कांग्रेससँग मिलेर मुख्यमन्त्री हुने चाहनासहित एमाले विभाजनका लागि काठमाडौँमा रहेका थिए । उनी एमाले फुटाएर बनेको एमाले समाजवादीको केन्द्रीय सदस्य बनेका छन । माओवादी र कांग्रेसको बुइ चढेर मुख्यमन्त्री हुने सपना भने पाण्डेको तुहिइएको छ । उनी मुख्यमन्त्री पाउने शर्तमा यसअघि संस्थापन समूहमा प्रवेश गर्न चाहेका थिए । एमालेको एकल बहुमत रहेका कारण बागमती प्रदेशसभामा माओवादी र कांग्रेसको बुइ चढेर मुख्यमन्त्री हुने राजेन्द्र पाण्डेको सपना चकनाचुर भएको छ ।

प्रकाशित मिति : 17:14