२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

माधव नेपालले गठन गर्ने नयाँ पार्टीमा भीम ,योगेश र गोकर्ण सहभागी नहुने

२ भदाै, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई माधवकुमार नेपालले गठन गर्ने नयाँ पार्टीमा सहभागी नहुने भएका छन् । नेपाल पक्षमा रहेका उनिहरू एमालेमै रहने भएका हुन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेश भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेसँगै नेपाल पक्ष नयाँ पार्टी दर्ताको प्रक्रियामा अघि बढेको छ।

नेपाल पक्षका नेताहरू अहिले बानेश्वरस्थित अर्याल होटलमा भेला रहेका छन् । जहाँ नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यहरू छलफलमा जुटेका छन् । उक्त बैठकमा उपाध्यक्ष रावल, सचिवद्वय विष्ट र भट्टराई भने सहभागी भएका छैन्न । उनिहरुले नेपालले गठन गर्ने नयाँ पार्टीमा सामेल नहुने बताएका छन् ।

प्रकाशित मिति : August 18, 2021 at 4:03 pm