देउवालाई दोब्बर खुशीः जसपा पनि फुट्यो, महन्थ ठाकुरले नयाँ दल दर्ता गर्दै
२ भदाै, काठमाडाैँ । जसपा पनि फुटेको छ । महन्थ ठाकुर पक्षले नयाँ पार्टी गठन गर्ने भएको छ । ठाकुर पक्षको आजको बैठकले पार्टी गठन गर्ने निर्णय गरेको हो । पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’ राख्ने निर्णय भएको जसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए । ‘पार्टीको नाम टुंगो लागेको छ । जसपा नेपाला लोकतान्त्रिक राख्ने भयौँ । कति पदाधिकारी हुने र कति सदस्यीय केन्द्रीय कमिटी बनाउने देखि संगठन संरचना कस्तो हुने भन्नेबारे छलफल जारी रहेको छ,’ उनले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एकै पटक दोब्बर खुशी प्राप्त गरेका छन । उनले एकै पटक एमाले र जसपा फुटाउन सफल भएका छन । टुटफुटको राजनीति र विकृत राजनीतिका लागि परिचित देउवाले २० प्रतिशतको थ्रेस होल्ड राखेर दल विभाजनका लागि अध्यादेश ल्याएपछि दलहरू विभाजित बनेकाहुन ।
प्रकाशित मिति : 13:49









