जसपा लोकतान्त्रिक पार्टी गठन गर्दै महन्थ ठाकुर
२ भदाै, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेश भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेसँगै महन्थ ठाकुरले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन्। ठाकुरले जनता समाजवादी पार्टी लोकतान्त्रिक गठन गर्ने तयारी गरेका हुन्।
‘अध्यादेश राजपत्रमा आएपछि हामी पार्टी गठन गर्छौं। जसपा लोकतान्त्रिक गठन गर्ने तयारी छ,’ ठाकुरनिकट एक नेताले भने ।
प्रकाशित मिति : August 18, 2021 at 1:48 pm









