देशलाई अस्थिर तुल्याउन एमाले फुटाउने अध्यादेशः उपाध्यक्ष रावल
१ भदाै, काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले देशलाई अस्थिर तुल्याउन एमाले फुटाउने अध्यादेश ल्याइएको प्रतिक्रिया दिएका छन । मंगलबार राति ट्वीट मार्फत उनले सरकारको गलत कदमको कडा शब्दामा निन्दा गरेका छन ।
डा रावलले भनेका छन, ‘दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो।विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ? २०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ?’
प्रकाशित मिति : 22:02







