३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

एमाले विभाजन गर्ने अध्यादेशको देशव्यापी प्रतिवाद गर्न गोकर्ण विष्टको अपिल

१ भदाै, काठमाडाैँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमाले विभाजनका लागि सरकारले जारी गर्न लागेको अध्यादेशको देशव्यापी प्रतिवाद गर्न अपिल गरेका छन । सामाजिक सञ्जाल मार्फत देउवा सरकारको प्रतगामी कदमले राजनीतिमा दुःखद् परिणाम निस्कने भन्दै अध्यादेशको बिरोध गरेर फिर्ता गर्न बाध्य पार्न अनुरोध गरेका छन ।

सचिव विष्टले भनेकाे छन, ‘लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दु:खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।’

प्रकाशित मिति : 14:49