मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी, अध्यादेश ल्याउने तयारी
१ भदाै, काठमाडौँ । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेकाे छ । बालुवाटार स्रोतकाअनुसार बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल भईरहेको बताइएकाे छ ।
मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री देउवाले शीर्ष नेताहरुसँग परामर्श गरेका थिए। बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गर्ने आशंका गरिएको छ। प्रधानमन्त्री देउवाले नेकपा एमालेको माधव नेपाल र जसपाको महन्थ ठाकुर पक्षलाई सहज हुनेगरी अध्यादेश ल्याउने लागेका हुन् ।
प्रकाशित मिति : 12:51









