३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

ओली र शाहीलाई पदमुक्त गर्न लुम्बिनी प्रदेशसभा सचिवालयलाई एमालेको पत्र

१ भदाै, रूपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशका बिनाविभागिय मन्त्री अजय शाही र सांसद विमला खत्री ओलीलाई पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई आज पत्र बुझाएको छ।

एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभामा पत्र बुझाएको जानकारी दिए ।

उनिहरुले पार्टीको नीति निर्देशन मान्नु भएन पार्टीको ह्विप विपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम असफल गर्न मतदान गर्ने, तथा संसदीय दलको निर्देशन बिपरीत नवगठित मन्त्रीपरिषदमा सहभागी हुने गरेकोले पदमुक्त गर्नका लागि पत्राचार गरेका हौँ, ढकालले भने ।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन्। ओली भने कहिले एमाले, कहिले नेकपा माओवादी भएको भन्दै विवादास्पद बन्दै आएकी छन्।

प्रकाशित मिति : 12:38