सरकारले अध्यादेश ल्याउन लागेपछि एमालेका शीर्ष नेताहरु बालकोटमा
३२ साउन, काठमाडाैँ । सरकारले संसद अधिवेशन अन्त्य गर्दै दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि एमालेले आन्तरिक रणनीति बनाउन सुरु गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा स्थायी कमिटी सदस्यहरु भेला भएका छन् । महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मालगायतका नेताहरु बालकोट आएका हुन् ।
एमालेले पार्टी विभाजन हुनुअघि नै माधव नेपाल पक्षका समानुपातिकतर्फका सांसदहरुलाई कारबाही गर्ने तयारी गरेको छ । लुम्बिनी प्रदेशका दुई सांसद पनि कारबाहीको सूचीमा छन् ।
प्रकाशित मिति : 20:20









