७ असार २०८३, आइतबार | Sun Jun 21 2026

युनाइटेड इन्स्योरेन्सको २७ औं वार्षिक साधारण सभा सम्पन्न, यी एजेण्डा पारित

३२ साउन, काठमाडाैँ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २७ औं वार्षिक साधारण सभा साउन ३१ गते आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ । सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

साथै कम्पनीको आ. व ०७७/०७८ को आषाढ मसान्त सम्मको नाफानोक्सान हिसाव, वासलात, नगद प्रभाह विवरणको बारेमा संंक्षिप्त जानकारी दिएका थिए ।

कम्पनीका संचालक समितिको अध्यक्षले कम्पनी स्थापना भएको २८ औं वर्षमा कम्पनीले प्रकाशित गरेको आ. व. ०७७।०७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्व क्लबमा Billion Club मा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशत भन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी दिएका थिए ।

इन्स्योरेन्सले ६९ करोड ८९ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । भने चक्ता पुजी २ सय ४० प्रतिशतले बढेर १ अर्ब २ करोड ८१ लाख ६० हजार पुगेको छ ।

प्रकाशित मिति : August 16, 2021 at 1:23 pm