१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

मलेसियाका प्रधानमन्त्री यासिनले दिए राजीनामा

३२ साउन, काठमाडाैँ । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन्। समाचार संस्था एपीले सोमबार यासिनले राजालाई राजीनामा पत्र बुझाएको जनाएको छ। यासिनले संसदमा बहुमत गुमाएसँगै राजीनामा दिएका हुन्। प्रधानमन्त्री पदमा नियुक्त भएको १८ महिना नबित्दै उनको राजीनामा आएको हो।

गत वर्ष मार्चमा उनी प्रधानमन्त्री बनेका थिए। २२२ जना सासंद भएको संसदमा उनी झिनो बहुमत पाएर सत्तामा आएका थिए। तर पछिल्ला केही हप्तामा राजीनामा दिन उनलाई दबाब आइरहेको थियो। उनलाई गठबन्धनको सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ) ले राजीनामा दिन दबाब दिएको थियो। पार्टीले यासिनलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो। यासिनले संसदमा आफूसँग बहुमत भएको बताउँदै आएका थिए। उनले सेप्टेम्बरमा विश्वासको मत लिएर बहुमत भएको पुष्टि गरी देखाउने बताएका थिए।

प्रकाशित मिति : August 16, 2021 at 1:01 pm