३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

गण्डकीमा पनि आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्छः नेता पाण्डे

३१ साउन, काठमाडाैँ । गण्डकी प्रदेशका माओवादी नेताहरुले आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग राखेका छन् । काठमाडाैँमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका माओवादी नेता हितराज पाण्डेले नेपाली काँग्रेससँग लुम्बिनीमा जस्तै गण्डकीमा पनि आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग राखेका हुन् ।

‘जनयुद्धको भूमिकाबारे जोड पुगेको छैन, जोड दिनुपर्यो । वाम एकता र संयुक्त मोर्चाबारे कुरा त आएको छ, तर अलि स्पष्ट रुपमा आउनुपर्यो । जनताको जनवादबारे के हो ? स्पष्ट हुनुपर्यो’, नेता पाण्डले भने । साथै पाण्डेले  पुराना नेताहरु कहिलेसम्म केन्द्रीय सदस्य भएर बसिरहने भन्दै नयाँलाई केन्द्रीय सदस्यमा ठाउँ दिइनुपर्ने बताए ।

प्रकाशित मिति : 14:17