नेकपा एमाले नुवाकाेटद्धारा जिल्ला नेताहरूको कार्य विभाजन, कसलाई कुन जिम्मेवारी ?
३१ साउन, नुवाकाेट । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) नुवाकाेटकाे जिल्ला संगठन कमिटीकाे दाेस्राे पूर्ण बैठक सम्मन्न भएकाे छ । जिल्ला अध्यक्ष बद्री मैनालीकाे अध्यक्षतामा शनिबार सदरमुकाम विदुरमा बसेकाे बैठकले २६ विभाग, १४ जनवर्गिय संगठन, १२ पालिककाे नेतृत्व, निर्वाचन र प्रदेश क्षेत्रकाे नेतृत्व चयन गरेको छ ।
बैठकले स्कुल विभाग प्रमुखकाे जिम्मेवारी बद्री मैनालीलाई दिएकाे छ भने उपप्रमुखकाे जिम्मेवारी रामेश्वर कुइँकेललाई दिएकाे छ । यस्तै, संगठन विभाग प्रमुखकाे जिम्मेवारी काशिराज अधिकारीले पाएका छन् भने उपप्रमुखकाे जिम्मेवारी शिवराम प्याकुरेलले पाएका छन् ।
यसैगरि, प्रचार तथा प्रकाशन विभागकाे प्रमुखकाे जिम्मेवारी माधव प्रसाद तिवारीले पाएका छन् । यस्तै आर्थिक विभाग प्रमुखकाे जिम्मेवारी राजेन्द्रप्रकाश पाण्डेले पाएका छन भने उपप्रमुखकाे जिम्मेवारी गाेपालमान श्रेष्ठले पाएका छ ।
कसले कुन् जिम्मेवारी पाए ? सूची हेर्नुहोस्ः
प्रकाशित मिति : 14:28









