कांग्रेस महाधिवेशन मंसिर ९ देखि गर्ने निर्णय, वडा अधिवेशन भदौ १८ बाट हुने
३० साउन, काठमाडाैँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म आयोजना हुने भएको छ । शनिबार बसेको केन्द्रीय कार्य समितिको बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन मंसिरमा सार्ने निर्णय गरेकाे हाे ।
बैठकले भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय गरेकाे हाे । बैठकले स्थानीयतहकाे अधिवेशन भदौ २७ गते गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएका छन् । प्रदेश अधिवेशन कात्तिक १० र १२ गते आयोजना गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते आयोजना हुने भएको छ ।
प्रकाशित मिति : 19:42









