माओवादी केन्द्रको महाधिवेशन पुस ११ देखि गर्ने प्रस्ताव
३० साउन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसमा गर्ने प्रस्ताव पेश भएको छ । काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् ।
प्रचण्डको प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ । असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ ।
प्रचण्डले मङ्सिर १५ मा साथै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।
प्रकाशित मिति : 14:17









