नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यद्वारा राजीनामाकाे घोषणा
२९ साउन, काठमाडाैँ । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामाको घोषणा गरेका छन् । कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।
जारी केन्द्रीय समिति बैठकमा आफूले राजीनामाको घोषणा गरेको आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।आमन्त्रित केन्द्रीय सदस्यहलाई मात्रै महाधिवेशन प्रतिनिधिका लागि बुथमा गएर चुनाव लड्ने नियम राखिएकोमा आपत्ति जनाउँदै यस्ताे घाेषणा गरेका हुन् ।
उनीहरुले बुथमा गएर सबै जनाले चुनाव लड्नुपर्ने अडान लिएका छन्। पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु सबैले बुथमै गएर चुनाव लड्ने नियम आवश्यक रहेको उनीहरुको मत थियो।
प्रकाशित मिति : August 13, 2021 at 6:46 pm










