३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

प्रधानमन्त्री देउवाको नयाँ रेकर्डः एक महिनामा पनि मन्त्रिपरिषद् र सचिवालयले पूर्णता पाएन

२९ साउन, काठमाडाैँ । व्यक्तिगत दाबीमा सर्वोच्च परमादेशबाट देशको प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाको नियुक्तिको एक महिनामा मन्त्रिपरिषद् विस्तार गर्न नसकेको नयाँ रेकर्ड बनाएका छन । देउवाले व्यक्तिगत दाबीमा प्रधानमन्त्री पद प्राप्त गरेको भए पनि विभिन्न राजनीतिक दलसँगको भागवण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

उनले कांग्रेसभित्रै भागवण्डा गर्न सकेका छैनन भने माअोवादीले नारायणकाजी श्रेष्ठलाई रोक्न खोज्दा निर्णय गर्न सकेका छैन भने माधवकुमार नेपाल समूहले अाफ्ना लागि पर्खिदिन अनुरोध गर्दा देउवा झन समस्यामा परेका छन । देउवा परमादेशबाट  देउवा प्रधानमन्त्री नियुक्त भएको आज एक महिना पूरा भएको छ ।

पॉचौं पटक प्रधानमन्त्री भएका देउवा ‘काम गर्न’ नसक्ने नेता त होइन । मानिसका जीवित वा मृत टाउकाको ५० औं लाख मूल्य तोक्नदेखि इतिहासमै जम्बो (४८ सदस्यीय) मन्त्रिपरिषद् बनाउने र अरुका अनि आफ्नै समेत पार्टी फुटाएरै भए पनि सरकार बनाउन सक्षम नै हो । तर, यसपटक चाहिँ एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद् र आफ्नो सचिवालय बनाउनबाट देउवा चुकेका छन ।

प्रकाशित मिति : 11:30