३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

आजबाट लुम्बिनीमा माओवादीको सरकार, मुख्यमन्त्री बन्दै कुलप्रसाद केसी

२८ साउन, काठमाडाैँ । आजबाट लुम्बिनीमा माओवादीको सरकार बन्दै छ । कांग्रेस र जनता समाजवादी पार्टीको साथ लिएर माओवादीले सरकार बनाउन लागेको हो । शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुन लागेको हो ।

लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी चयन हुने निश्चित भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्‍वान गरिसकेका छन । बुधबार सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आह्‍वान गरेपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो ।

मुख्यमन्त्रीसँगै आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने गठबन्धनको तयारी छ । प्रदेशसभामा हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

प्रकाशित मिति : 09:46