३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

विष्णु रिमालको निष्कर्षः शंकर पोखरेल विचार र राजनीतिमा– सबैभन्दा प्रभावशाली मूख्यमन्त्री !

२७ साउन, काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका सन्दर्भमा कवितात्मक टिप्पणी गर्दै केन्द्रीय राजनीतिमा स्वगत गरेका छन । शंकर पोखरेल विचार र राजनीतिमा– सबैभन्दा प्रभावशाली मूख्यमन्त्री रहेको भन्दै रिमालले यस्तो टिप्पणी गरेका छन ।

विचार र राजनीतिमा–
सबैभन्दा प्रभावशाली मूख्यमन्त्री !
कार्यसम्पादनका हिसाबले–
सतप्रतिशतसम्म पूँजीगत खर्चगर्ने मूख्यमन्त्री !
समन्वयका हिसाबले–
सबैभन्दा सहज मूख्यमन्त्री !
सबैले पत्याएका-
तर आफ्नै दलका प्रतिष्पर्धीलाई विझेका !
सबैले रुचाएका-
तर प्रतिष्पर्धी दलहरुलाई चुनौति बनेका !
३ बर्ष ५ महिना २४ दिन–
लुम्बिनी प्रदेशका मूख्यमन्त्री !
माननीय शंकर पोखरेल,
सलाम छ–
संघीयताप्रतिको तपाईको निष्ठालाई,
समावेशिताप्रतिको तपाईको संवेदनशिलतालाई,
लोकतन्त्र र सामाजिक रुपाान्तरणप्रतिको तपाईको समर्पणलाई !
‘भएको’ समाचार संप्रेषण गर्ने हैन–
‘चाहेको’ समाचार “म्यानुफ्याक्चर” गर्ने,
बेच्ने, किन्ने र किनाउने;
बहस–पैरवी, तथ्य/प्रमाणको प्रस्तुती नहुँदै
‘बेञ्च’ हेर्नासाथ ‘फैसाला’ थाहा हुने;
यस समयमा,
‘संजाल’ मार्फत कस्ता ‘हल्ला’ फैलाउन खोजियो?
‘चलाइएका’ नाउँ’हरूबाट के कस्ता कुरा ‘पत्याउने’ बनाउन खोजियो?
छोडी दिनोस् !
चुनौतिको सामना गर्दै
जति समय, जे जति रचनात्मक भूमिका निर्वाह गर्नुभयो
गर्व गर्नु होस् !
तपाइको नेतृत्वमा ‘लुम्बिनी’ले हासिल गरेको
उपलब्धिका लागि धेरै–धेरै बधाई छ ।
आफ्ना उत्ताराधिकारीलाई,
प्रदेशको जिम्मेवारी हस्तान्तरण गर्दै,
‘डिरेल’ हुँदै गरेको राजनीतिलाई
‘लिक’मा ल्याउन,
प्रादेशिक हैन- केन्द्रीय काममा
तपाईको भूमिका आवश्यक भयो ।
आउनोस्,
तपाईलाई हार्दिक स्वागत छ !

प्रकाशित मिति : 21:35