१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

सत्तामा जान लालायित प्रतिस्पर्धी शक्तिहरूले एमाले फुटाउने प्रयत्न गरेः भीम आचार्य

२८ साउन, काठमाडौँ। नेकपा एमालेका सचिव भीम आचार्यले प्रतिक्रियावादी र देशभित्रका प्रतिगामी शक्तिहरु एमालेलाई फुटाउने प्रयत्न गरिरहेको बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत ८ बुँदे अपिल जारी गर्दै उनले पार्टीमा पनि विभाजनकारी प्रवृत्ति हाबी भएको भन्दै पार्टी एकताका लागि बिना जालझेल, छलछाम र हिचकिचाहट १० बुँदेलाई लागू गर्नुपर्ने बताए।

टुटफुट र विभाजनकारी प्रवृत्तिलाई परास्त गर्दै पार्टी एकताको रक्षा गर्न पार्टी पङ्क्तिलाई उनले अपिल गरेका छन्। आचार्यले एमालेका दुवै पक्षमा एकताविरोधी तत्व रहेको भन्दै देशी विदेशी प्रतिक्रियावादी, एमाले फुटाएर सत्तामा जान लालायित भएका प्रतिस्पर्धी शक्तिहरूले एमाले फुटाउने प्रयत्न गरिरहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : August 11, 2021 at 3:20 pm