माधव नेपाललाई भेटर्न फेरि कोटेश्वर पुगे प्रचण्ड
२६ साउन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । मंगलबार साँझ नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन् । अहिले उनिहरूबीच छलफल चलिरहेकाे स्राेतले जानकारी दियाे ।
एमाले एकताको सम्भावना सकिएको भनेर नेपाल पक्षले निष्कर्ष निकालेकै दिन प्रचण्ड माधव नेपाललाई भेट्न गएका हुन् । प्रचण्डले माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रिपरिषद विस्तार समेत रोकेर राखेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमाले विभाजनका लागि कानूनी प्रक्रियामा माधव नेपाललाई सघाउने आश्वासन समेत दिइसकेका छन् ।
प्रकाशित मिति : 19:16









