३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

म असाधारण जनमतका साथ मूल बाटोबाट फेरि आउँछु : केपी ओली

२६ साउन, काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मूल ढोकाबाट फेरि सरकारमा आउने बताएका छन् । ओलीले मंगलबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफू असाधारण जनमतका साथ मूल बाटोबाट आउने बताएका हुन् ।

ओलीले भने, ‘म मूल ढोका, मूल गेटबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ असाधारण जनमतका साथ मूल बाटोबाट आउँछु,’ ।

उनले आफूलाई राम्रो ग्रहदशाले नभएर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको बताए । ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्धत्री बनाएका हुन्,’ उनले भने ।

प्रकाशित मिति : 14:22