केपी ओली राजनेता हुन्, पराजित गर्न सम्भव छैनः खिमलाल भट्टराई
२६ साउन, काठमाडौँ । नेकपा एमालेका सांसद खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली राजनेता भएकाे भन्दै उनी पुनः सत्तामा फर्किने दावी गरेका छन् । मंगलबार राष्ट्रिय सभामा विशेष समयमा बोल्दै नेता भट्टराईले ‘देशले एउटा राजनेता जन्माएको छ र त्यो राजनेतालाई पराजित गर्न सम्भव छैन,’‘फेरि पनि राजनेता फर्केर आउँछ ।’
उनले भने, ‘केपी ओली सिंहदरवार, बालुवाटार छोडेर बालकोट जानुभएको छ । तर, सदनमा आउँदा उहाँकै चर्चा सुनिन्छ । सरकार बनिराखेको छैन । यसको पछाडि पनि केपी ओलीकै फोबिया छ कि जस्तो लाग्छ । सडकमा पनि आश लागेको नेतालाई गुटबन्दीबाट हटाउने काम भयो भन्ने छ, राजनेता भनेको के होला ? भन्ने लाग्थ्यो । राजनेता भएपछि राजनीति उसकै वरीपरी घुम्दोरहेछ । सडक, सदन र सरकार सबै उसको गाइडेन्समा हिंड्नुपर्ने हुँदोरहेछ ।’
प्रकाशित मिति : 13:13









