३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने एमालेकाे निर्णय

२५ साउन, काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । विधान संशोधन मस्यौदा प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।

बैठकमा माधव नेपाल पक्ष अनुपस्थित भएको थिए। केन्द्रीय कमिटी बैठक दिउँसो ३ बजे बस्दै छ । एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ ।

प्रकाशित मिति : 13:45