शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई भिख माग्ने अवस्थामा पुर्याएः वरिष्ठ नेता पाैडेल
२५ साउन, काठमाडौँ । सत्ताका लागि नेकपा एमाले विभाजनमा बल गरिरहेको नेपाली कांग्रेस आफैँ समस्यामा परेको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका कारण कांग्रेस भिख माग्ने अवस्थामा पुगेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आक्रोश पोखेका छन ।
सोमबार बिहानै पौडेलले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ रु यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् ।’

प्रकाशित मिति : 07:56







