१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

उदयपुरमा प्रहरीको तपाईको मास्क खै ? अभियान

२२ साउन, उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर र उदयपुर जेसिसको संयुक्त आयोजनामा गाईघाट बजारमा कोभिड बिरुद्ध ” तपाईको मास्क खै ? ” को नारा सहितको सचेतना मुलक कार्यक्रम गरिएको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागी मास्क प्रयोग सम्बन्धी गाईघाट बजार स्थितमा सर्वसाधारणहरुलाई जानकारी प्रदान गरि ५०० थान मास्क समेत वितरण गरिएको प्रहरीले जनाएको छ । उक्त कार्यक्रमलाई अन्य सहयोगी संस्थाहरुसंग समन्वय गरी कोभिड १९ सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु दैनिक संचालन गरिने जिल्ला प्रहरी कार्यालय उदपुरले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार ०७:४५