५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अपि पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन


२० साउन, काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ। कम्पनीले वितरण हुन नसकेको शेयर लिलाम बढाबढ गरि साउन १३ गतेबाट विक्री खुल्ला गरेको थियो ।

गएको जेठ २० गतेदेखि असार १३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको २ लाख १५ हजार ५ सय ९९ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

इच्छुक लगानीकर्ताले आज बेलुका कार्यलय समयसम्म शिलबन्दी बोलपत्र पेश गरि आवेदन दिन सक्ने छन ।न्युनतम प्रतिसेयर १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी न्युनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण  कित्ताका लागि आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ हात्तिसार मार्ग, कमलादी, काठमाडौँ तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगंज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरका शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनिले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार १३:१५