५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

नयाँ पार्टी बनाउन माधव नेपालले बोलाएको भेला स्थगित


२० साउन, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाउनका लागि गरेको भेलामा गुटका केन्द्रीय सदस्यहरुको आउन अस्वीकार गरेपछि भेला स्थगित भएको छ । एमाले केन्द्रीय कमिटीमा ४० प्रतिशत हाराहारी रहेको नेपाल समूहका अधिकांश केन्द्रीय सदस्यहरुले फुटको साक्षी बस्न नसक्ने भन्दै बैठकमा आउन अस्वीकार गरेका छन् । नेताहरुले बुधबार बिहान ११ बजे बोलाइएको बैठकका एजेन्डा माग गरेपछि भोलिसम्मका लागि बैठक रोकिएको छ ।

केन्द्रीय सदस्य कल्याणीकुमारी खड्काले केही केन्द्रीय सदस्यहरु उपत्यका बाहिर रहेकाले आजको बैठक भोलिसम्मलाई स्थगित गरिएको बताएकी छिन । स्थायी कमिटी बैठकमा बेदुराम भूसाल र मुकुन्द न्यौपाने बाहेक सबैले एकतामा ढिला गर्न नहुने धारणा राखेका थिए । स्थायी कमिटीमा अलग पार्टीको पक्षमा नेपाल, भूसाल र न्यौपानेमात्रै रहेपछि केन्द्रीय कमिटीबाट पार्टी फुटाउने आंकलन गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार १२:३९