५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रिलायबल लाइफले आइपिओ निष्काशन गर्ने, प्रतिकित्ता मूल्य २१२ रुपैयाँ


२० साउन, काठमाडौँ । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अंकित मूल्य १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर आइपिओ निष्काशन गर्न लागेको छ । कम्पनीले १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

 शेयर निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ छ भने आईपिओ निष्काशनपछि २ अर्ब रुपैयाँ पुग्ने छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ११:३३