घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?
२० साउन, काठमाडाैा । बुधबार सुनको मूल्य ओरालो लागेको छ। आज सुनकाे मूल्य ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा काराेबार भइरहेको छ।
मंगलबार सुनकाे मूल्य स्थिर रहेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२७५ रुपैयाँमा किनबेच भएको थियो।
प्रकाशित मिति : August 4, 2021 at 11:10 am









