३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि निष्काशन, कति दिने आवेदन ?

२० साउन, काठमाडाैँ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ आज साउन २० गतेदेखि बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गर्ने गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ । बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।

आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

पछिल्लो समय आईपीओमा २१ लाखभन्दा बढीले आवेदन भर्ने भएकाले १० कित्ताका लागी मात्रै आवेदन भर्दा हुन्छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ । ३० प्रतिशत प्राथमिक शेयर जारी गरेपश्चात् चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : August 4, 2021 at 8:14 am