१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

रवीन्द्र मिश्रको काउन्टरमा मिलन पाण्डेसहित चार नेताले ल्याए अर्को प्रस्ताव

१९ साउन, काठमाडाैँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे बहसका लागि प्रस्ताव अगाडि सारेपछि उक्त पार्टीका संयोजक मिलन पाण्डेसहित चार जना नेताले अर्को प्रस्ताव ल्याएका छन्।

मंगलबार उक्त पार्टीका संयोजक पाण्डेसहित नेता रञ्जु दर्शना, केशव दाहाल र राजेन्द्र पंगेनीले अर्को प्रस्ताव ल्याएका हुन्। मिश्रले धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने बताएका थिए।

संयोजक पाण्डेसहितले ल्याएको प्रस्तावमा वैकल्पिक राजनीतिको मुल बाटो भन्दै विभिन्न प्रस्ताव अगाडि सारिएकाे छ । उनीहरूले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजान नहुने पनि बताएका छन्। प्रस्तावमा गणतन्त्रको सुदृणीकरण, धर्मनिरपेक्षताको रक्षा तथा संघीयतामा सुधार आजको आवश्यकता रहेको उल्लेख गरिएकाे छ।

उनीहरूको प्रस्तावमा तीनै तहको सरकार प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैरसंसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्था हुनुपर्ने उल्लेख छ। उक्त प्रस्ताव सार्वजनिक गर्दै संयोजक पाण्डेले आफूहररूले व्यवस्था नभई अवस्था परिवर्तन गर्ने भनेको बताएका छन्।

प्रकाशित मिति : August 3, 2021 at 3:59 pm