३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

आत्मनिर्भर लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

१९ साउन, काठमाडाैँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । लघुवित्तले १ करोड ८० लाख रुपैयाँ बराबरको कुल १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हो। कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

उक्त सम्झाैतमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगात बीर चौधरी तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाले हस्ताक्षर गरेका छन्। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडकाे रजिष्ट्रार कार्यालय घोराही, दाङमा रहेकाे छ । आत्मनिर्भर लघुवित्तले छिटै आईपीओ जारी गरिने जनाएको छ।

प्रकाशित मिति : August 3, 2021 at 3:35 pm