४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

लुम्बिनीमा नयाँ सरकार गठनका लागि बहुमत सांसदले बुझाए हस्ताक्षर


१८ साउन, काठमाडाैँ । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनका बहुमत सांसदले हस्ताक्षर बुझाएका छन् । विपक्षी गठबन्धनका ४१ जना सांसदले नयाँ सरकार गठनका लागि सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले आफूहरुसँग बुहमत रहेको दाबी गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन् ।

लुम्बिनी प्रदेश सभामा ८३ जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रका २०, कांग्रेसका १९ र जसपाका ६ जना, एमालेबाट ४१ जना सांसद र राष्ट्रिय जनमोर्चाका एक जना सांसद रहेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई सरकार बचाउन कूल ४४ सांसद आवश्यक पर्नेमा अहिले ४१ जनाको समर्थन छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १५:३६