७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

अध्यक्ष चाहिँदैन तर केपी ओलीको अधिकार सबै चाहिन्छः माधव नेपाल


१७ साउन, काठमाडौँ । विगत केही वर्षदेखि गोविन्द केसीको शैलीमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकपछि अर्को माग राख्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालले फेरि सबै अधिकार दिनुपर्ने माग अघि सारेका छन । नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दिनहुँ एमाले विवादका बारेमा छलफल गर्ने गरेका नेपालले आफ्नो नयाँ माग अघि सारेका हुन । महाधिवेशनमा ओलीसँग पराजित भएका नेपालले पछिल्लो समय ओलीले पाएको सबै अधिकार पाउनुपर्ने बताएको आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन ।

सुरूमा दोस्रो भए पनि अध्यक्ष दिनुपर्ने माग राखेका नेपालले अहिले बरू अध्यक्ष चाहिँदैन तर ओलीले प्रयोग गरिरहेका सबै अधिकार आफूले पाउनु पर्ने अन्यथा एमालेमा नबस्ने जानकारी आफू निकटका दोस्रो तहका नेतलाई दिएका छन । स्रोतका अनुसार नेपालले पार्टीमा दोस्रो अध्यक्ष होइन, ओलीले बराबर अधिकार प्रयोग गर्न चाहन्छन्।

नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो ‘पार्टीभित्र लामो समय विवाद भयो। फेरि पनि बहुमतका नाममा पेल्ने काम हुनेछ। नेताहरूको मूल्याँकन हुने सम्भावना कम छ। पहिला पनि धेरै नै पेलेपछि अहिलेको अवस्था आएकाले सबै नेता र कार्यकर्तालाई समान जिम्मेवारी दिनका लागि पनि बराबरी अधिकार आवश्यक छ ।’

पृथ्वी सुब्बा गुरुङलगायतले दबाब दिएपछि ओली नेपाल समूहलाई पार्टीमा ल्याउन तयार भएका हुन्। उनी कार्यदलले तयार पारेको १० बुँदे सहमतिभित्रै रहेर विवाद मिलाउने पक्षमा छन्। उनले १०बुँदे सहमतिमै टेकेर अघि बढ्नुपर्ने बताएका छन्। उनले स्थायी कमिटीको आइतबार बसेको बैठकमा सुवास नेम्वाङ र विष्णु पौडेललाई एकताका लागि व्यवहारिक रुपमा अधिकतम प्रयास गर्न निर्देशन दिएका छन्। ओलीले बैठकमा नेपालको सन्देशबारे केही नबोलेको एक नेताले बताए।

नेपाल पक्षका नेताहरू पनि दिनभर छलफलमा जुटे पनि कुनै निष्कर्षमा पुग्न सकेनन्। ओलीले सोमबार पनि स्थायी कमिटी बैठक डाकेका छन्। नेपालले पार्टीमा आफ्नो पनि हस्ताक्षर चल्नुपर्ने विषयलाई एकताको बटमलाइन बनाएपछि उनी पक्षबाट कार्यदलमा रहेका नेताहरू पनि अन्योलमा परेका छन्। नेपाल पक्षका नेताहरूले ओली र नेपालबीच संवाद गराउन खोजे पनि सफलता मिलेको छैन।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार ०८:४४