साउन २४ गतेका लागि बोलाइयो एमाले केन्द्रीय कमिटी, असोज ९ भित्र पालिका अधिवेशन गरिने
१७ साउन, काठमाडौँ । नेकपा एमालेले साउन २४ का लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । आइतबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा भएको एमालेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको महासचिव इश्वर पोखरेलले जानकारी दिए । उनले स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन समेत तोकिएको जानकारी दिए । स्थायी कमिटीको बैठक भोलि ३ बजे पुनस् बस्नेछ ।
प्रकाशित मिति : 18:46









