एमाले स्थायी कमिटी बैठक सकियाे, भोलि पुन: बस्ने
१७ साउन, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएकाे छ । ललितपुरमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बसेकाे स्थायी कमिटी बैठक भोलि अपरान्ह ३ बजे पुन: बस्नेगरी सकिएकाे हाे ।
आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए । आजको बैठक विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नवीकरणमा केन्द्रित भए पनि आज यो विषयमा ठोस निर्णय भएको छैन ।
प्रकाशित मिति : 17:25









