३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

एमाले स्थायी कमिटी बैठक सुरू, उपाध्यक्ष बामदेव गाैतम पनि सहभागी

१७ साउन, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ । ललितपुरमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा एमालेको बैठक सुरू भएको हो । बैठकमा हिजो पनि उपस्थित भएका उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छन । आजको बैठकले सदस्यता नविकरण लगायतका विषयमा निर्णय गर्ने कार्यसूची रहेको भए पनि माधव नेपाल समूहका नेताहरू पनि एमालेको मुलधारमा फर्किने भएकाले त्यसैसँग सम्बन्धित छलफल हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 15:52