माओवादी बैठकमा निराश मुद्रामा प्रस्तुत भएका प्रचण्डले भने, ‘एमाले मिल्ने भो’
१७ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा निराश मुद्दामा एमाले मिल्न लागेको सूचना प्रवाह गरेका छन । माधवकुमार नेपालसँग आइतबार बिहान भएको भेटपछि नै निराश बनेका प्रचण्डले स्थायी कमिटी बैठकमा अब मन्त्रीको संख्या बढ्ने भएकाफले भागवण्डालागि पुनः छलफल गर्नुपर्ने भएकाले अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने जानकारी दिएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
प्रचण्डले नेपाल समूह सरकारमा सहभागी नहुने र एमाले मिल्न लागेको बताएका प्रचण्डले यसअघि पार्टीकै बैठकमा माधव नेपाल समूहले मन्त्रीको नाम दिने र आइतबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । प्रचण्डले आजै साँझ माधव नेपाल समूह बाहेकको सरकारको बारेमा छलफल गरेर भोलि दिउँसो ३ बजेको स्थायी कमिटी बैठकबाट सबै कुरा टुंग्याउने जनाएका छन ।
प्रकाशित मिति : 15:16









