एमालेमा नयाँ खिचडी पाक्दै, स्थायी कमिटी बैठक एजेन्डामै प्रवेश नगरी स्थगित
१६ साउन, काठमाडौँ । नेकपा एमालेमा नयाँ खिचडी पाक्ने देखिएको छ । विघटित कार्यदलका सदस्यहरूको सुझाव अनुसार तुलसीलाल स्मृति भवन च्यासलमा बसेको स्थायी कमिटी बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको छ ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आइतवार दिउँसो ३ बजे बस्ने गरेर बैठक स्थगित भएको जानकारी दिए । शनिबारको बैठकमा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणबारे छलफल हुने जनाइएको थियो ।
त्यसअघि एमाले संसदीय दलको कार्यालयमा भएको विघटित कार्यदलको बैठकमा तीन घण्टा लगाएर नेताहरूले १० बुँदेको जगमा टेकेर माधवकुमार नेपाललाई नगदमै अध्यक्ष दिने समझदारी गरेका थिए । उनीहरूले चाँडै नै पार्टीको आन्तरिक एकताले ठोस आकार ग्रहण गर्ने बताएका थिए । त्यस्तै सुवास नेम्वाङले अब एमालेमा कुनै समूह नरहेको बताएका थिए ।
प्रकाशित मिति : 16:47









