१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ब्रोकर र लगानीकर्तालाई प्यान नम्बर रुजु गर्न नेप्सेको आग्रह

१३ साउन, काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर र लगानीकर्तालाई स्थायी लेखा नम्बर रूजु गर्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै नेप्सेले शेयर लगनीकर्तालाई स्थाई लेखा नम्बर अपडेट गर्न आग्रह गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गको सिएनएस सिस्टमबाट प्राप्त पूँजीगत लाभकर विवरण सम्बन्धित राजस्व कार्यालयमा अपलोड गर्दा अधिंकाश लगानीकर्ताकाे स्थायी लेखा नम्बर फरक फरक हुने गरेको पाईएको हुँदा आफ्नो स्थायी लेखा नम्बर एकिन गर्न नेप्सेले लगानिकतालाई अनुरोध गरेको छ ।

उक्त फरक स्थायी लेखा नम्बर आन्तरिक राजस्व विभागको साइटमा अपलोड हुन नसक्ने उक्त सुचनामा उल्लेख गरिएको छ । त्यसैगरी लगानीकर्ताबाट समेत विभिन्न समयमा आफ्नो स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनाँसो समेत आएको आफनो स्थाई नम्बर अपडेट गर्न नेप्सेले अनुरोध गरेको छ ।

फरक स्थायी लेखा नम्बर प्रविष्टि गरेको कारण विवरण रुजु नभएमा तथा फरक स्थायी लेखा नम्बरको कारणले लगानीकर्ताको वास्तविक स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर नगएमा स्वयं सदस्य दलाल व्यवसायी जवाफदेही हुनुपर्ने र लगानीकर्ताले पनि आफ्नो स्थायी लेखा नम्बर ठिक भए नभएको रुजु गरी यकिन हुन नेप्सेले लगानिकर्ताले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार १३:५६