लुम्बिनी प्रदेशका ठाकुर पक्षका ३ सांसदलाई कारबाही गर्ने जसपाको निर्णय
१२ साउन, काठमाडाैँ । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ।पार्टीको आधिकारिकता पाएपछि पहिलो पटक मंगलबार बसेको कार्यकारणी समितिको बैठकले प्रदेशसभा सदस्यहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारबाही गरेको हाे ।
कारबाहीमा पर्ने तीनै जना प्रदेशसभा सदस्य ठाकुर पक्षका हुन् । उनीहरु लुम्बिनी प्रदेश सरकाकारमा समेत सहभागि थिए। जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागि भएपछि उनीहरुलाई कारबाही गरिएको बताइएको छ।
उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । उनीहरु सर्वोच्च अदालतमा गएपछि सर्वोच्चले उनीहरुलाई थमौती दिएको थियो।
प्रकाशित मिति : July 27, 2021 at 7:16 pm









