माधव नेपाल समूह सरकारमा सहभागी हुने, भोलिसम्म मन्त्रीको नाम दिने तयारी
१२ साउन, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान नेता नेपाललाई भेटेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने जानकारी दिएकाे एक नेताले बताए ।
“माधव नेपाल सरकारमा सहभागी हुनुहुन्छ । भोलि बिहान गठबन्धनको बैठक बस्छ । त्यसमा मन्त्रीका विषयमा छलफल हुन्छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै ति नेताले बताए ।
एमाले एकताको प्रयास पनि चलिरहने भन्दै नेता नेपालले आफूले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिने बताएको प्रचण्डले जानकारी दिएका छन् ।
प्रकाशित मिति : 17:03









